सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च , तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ निर्धारण

२ कार्तिक २०८१

२ कार्तिक, स्वच्छखबर,काठमाडौं । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो र अस्ति पनि सुनको भाउले कीर्तीमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो ।