गायक तथा संगीतकार कर्नेस लामाको नयाँ गीत ‘हँसिया भन्दा सिधा’ सार्वजनिक

१३ आश्विन २०८१

काठमाडौँ । गायक तथा संगीतकार कर्नेस लामाको नयाँ गीत ‘हँसिया भन्दा सिधा’ सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका विच म्हारमेन मिडिया युट्युब च्यानलबाट गीतको भिडियो सहित सार्वजनिक गरेको हो । गीतमा शब्द तथा संगीत कर्नेस लामाकै रहेको छ । कर्नेसलाई चर्चित गायिका जितु लोप्चनले साथ दिएकी छिन् । गीतलाई गायक संगितकार तथा एरेन्जर कार्साङ लामाले एरेन्ज गरेको हो । प्रेमभाव र अहिलेको समय सान्दर्भिक भनाई रहेको गीतको भिडियोमा याङ्गी दोङ, राजु थिङ, सम्झना गुरुङ, विवस तामाङ, कर्नेस लामा, जेम्स जिम्बा र कार्साङ लामाले अभिनय गरेका छन् ।

गीतलाई कार्साङ लामाले निर्देशन गरेका छन् भने सहयोगी निर्देशक जेम्स जिम्बा, छायांकन तथा सम्पादन बिक्रम लामा मोक्तान र कलर राजेन्द्र मेक्तानको रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गायक, संगीतकार, एरेन्जर तथा भिडियोका निर्देशक कार्साङ लामाले गीतको अडियो र भिडियो राम्रो बनेकोले दर्शकलाई मनपर्ने विश्वस व्यक्त गरे । ‘हँसिया भन्दा सिधा’ गीत माया, प्रेम र अहिलेको समय सान्दर्भिक भाव रहेको गीत नेपालीमा भए पनि सम्पुर्ण नेपाली तथा तामाङ समुदायलाई समेटेर बनाएको गायक तथा संगीतकार कर्नेस लामा बताए । भिडियो :