गायिका बसन्ती लामाको तीज गीत ‘मायालुले वाउ भन्नेछन् ’सार्वजनिक

१० श्रावण २०८१

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा गायिका बसन्ती लामाको ‘मायालुले वाउ भन्नेछन् ’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गीतमा हिरा माया वाईवा र सुमित्रा गौतमले स्वरमा साथ दिएका छन्। यस गीतको शब्द तथा संगीत गायिका बसन्तीकै रहेको छ । केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेकोम्युजिक भिडियोमा हिरामाया वाइबा, निकिसा श्रेष्ठ, मुना ढुङ्गाना, राज टाइगर,राज संगम, शितला पुन, गोविन्द शर्मा र सिर्जना लामा लगायत कलाकारको अभिनय रहेको छ।

गीतको भिडियोलाई विशाल थापाले खिचेका हुन् भने भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन्। बसन्ती लामाको आफ्नै युट्युबमार्फत् सार्वजनिक भएको गीतलाई सुन्दर लामाले एरेन्ज तथा मिक्सिङ गरेका छन् । यसैगरी, उक्त गीत त्रीतालस्टुडियोमा रेकर्ड गरिएको थियो । विशुद्ध मनोरञ्जनका लागि गीत तयार गरिएको निर्माण टिमले जनाएको छ ।

तीज भनेको विशेष गरी दिदि बहिनी भेला हुने, नाचगान गर्ने रमाइलो गर्ने पर्व भएकोले आफूले ल्याएको गीतले मनोरञ्जन दिनेमा विश्वस्त रहेको गायिका लामा बताउँछिन् ।