सुनकाे मुल्य प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँ कायम
१७ जेष्ठ २०८१
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा बिहीबार सुनको तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।
बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Post Views: 38
प्रतिक्रिया दिनुहोस्: