इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडकाे लज्जास्पद हार
२५ बैशाख २०८१

२५ बैशाख, स्वच्छखबर, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । सोमबार राति भएको खेलमा युनाइटेड क्रिस्चल प्यालेससँग ४-० गोलले पराजित भएको हो ।
सेलहुर्स्ट पार्कमा भएको खेलमा प्यालेसलाई जित दिलाउन माइकल ओलिसेले दुई तथा जीएन फिलिपे माटेटा र ट्यारिक मिट्चेलले समान एक/एक गोल गरे । खेलको १२ औं मिनेटमा ओलिसेले गोल गर्दै प्यालेसलाई शुरुवाती अग्रता दिलाएका थिए ।
४० औं मिनेटमा माटेटाले गोल गर्दै प्यालेसको अग्रता दोब्बर बनाए । ५८ औं मिनेटमा मिट्चेलले गोल गर्दै प्यालेसलाई ३-० गोलको अग्रता दिलाए । यस्तै ६६ औं मिनेटमा ओलिसेले गोल गर्दै प्यालेसलाई ४-० गोलको फराकिलो जित दिलाएका हुन् ।
जितसँगै प्यालेस ३६ खेलबाट ४३ अंक जोड्दै लिगको १४ औं स्थानमा रहेको छ । एक खेल कम खेलेको युनाइटेड ५४ अंकको साथ आठौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: