शेयर बजारमा दोहोरो अंकको बृद्धि, दुई अर्ब २५ करोडको कारोबार
९ बैशाख २०८१
९ चैत्र, स्वच्छखबर, काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से बढेको छ । आइतवार नेप्से १२ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय ८४ दशमलव ४३ विन्दुमा पुगेको छ । आज बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले घटेको छ । आज ६३ लाख ९३ हजार कित्ता शेयर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १० करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
Post Views: 18
प्रतिक्रिया दिनुहोस्: