पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो
१७ माघ २०८०
१७ माघ , स्वच्छखबर, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
त्यस्तै निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ पुगेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको जनाएको छ ।
Post Views: 20
प्रतिक्रिया दिनुहोस्: