तत्काल नागरिकता विधेयक ल्याउन जसपा सांसदको माग
१२ चैत्र २०७९
१२ चैत,स्वच्छखबर, काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० की सांसद रञ्जुकुमारी झाले संसदमा नागरिकता विधेयक ल्याउन माग गरेकी छन् ।
आइतबार संसदमा बोल्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु ल्याउन माग गरेकी हुन् ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले संक्रमणकालीन न्यायलाई दिगो रुपमा सम्बोधन गरेर जानुपर्ने बताइन् ।
यो विधेयक पारित गर्नुपर्नेमा आफ्नो समर्थन रहेको भन्दै उनले नागरिकता विधेयक पनि संसदमा ल्याउन सरकारको ध्यानाकर्षण गरेकी हुन् ।
‘जसरी गम्भीरताका साथ यो विधेयक संसदमा आयो त्यसरी नै गम्भीरताका साथ नागरिकता विधेयक यो सदनमा आओस्’, उनले भनिन् ।
Post Views: 26
प्रतिक्रिया दिनुहोस्: