शान्ति प्रक्रियाका विषयमा ओलीजीले देश विभाजित देखाउनु दुर्भाग्यपूर्णः प्रधानमन्त्री
१४ कार्तिक स्वच्छखबर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका बेला शान्ति प्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजित देखाएको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तराष्ट्रिय समुदायको साथ पाइरहेका बेला नेपालका केही नेताहरुले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाएको बताएका हुन् । महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारात्मक रहेको बताए ।
उनले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु । नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ ।’
उनले महासचिवको सम्बोधन नेपाल र नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको बताए । उनले भने, ‘नेपालको समग्र हितमा संयुक्त राष्ट्रसंघका महासचिवले बोल्नसक्ने म्याक्सिमम सीमामा उहाँले बोल्नुभयो। यो नेपाल र नेपालीका निम्ति एकदमै खुसी र गर्वको कुरा हो। योभन्दा ठूलो कुरा केही हुन सक्दैन ।’
महासचिव गुटेरेससँग आइतबार भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्ति प्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहेपनि प्रधानमन्त्री प्रचण्ड हिंसालाई बढावा दिने दिशामा अघि बढेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्: