”गोदावरीखोला क्षेत्र सरसफाइ अभियान”:खोला निरीक्षण,बिरुवा संरक्षणका साथै वडा नं १४ का विभिन्न स्थानमा डस्टबिन वितरण
९ भाद्र, स्वच्छखबर, गोदावरी । ”हाम्रो गोदावरी, स्वच्छ सफा र सुन्दर गोदावरी” भन्ने नाराका साथ प्रत्येक शनिबार महिला तथा बालबालिकाको पहलमा संचालन हुँदैं आएको गोदावरीखोला क्षेत्र सरसफाइ अभियानको २३६ हप्ताको कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रका लागि २ घण्टा स्वयंसेवा सबै मिलेर गरेमा उपत्यकाको जिवन्त खोला गोदावरी खोलालाई स्वच्छ, सफा र सुन्दर बनाउन सकिने अभियान्ताहरूको भनाइ छ । आजको सचेतनामुलक कार्यक्रम अन्तर्गत गोदावरी खोला निरीक्षण, सरसफाइ, बिरुवा निरीक्षण तथा संरक्षणका साथै फोहोर वर्गीकरण तथा व्यवस्थापनका लागि गोदावरी नगरपालिका वडा नम्बर १४ स्थित श्वेत बाराही मन्दिर ,प्रहरी प्रभाग बाँडेगाउँ , जेष्ठ नागरिक भवन बृद्ध आश्रम डस्टबिन वितरण गरि सम्पन्न गरिएको अभियानकी संयोजक बेबी राजभण्डारीले जानकारी दिईन।
वडालाई हरियाली र सफासुग्घर बनाउने अभियानस्वरुप विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै उनले सडक–नालामा जथाभाबी फोहर नफाल्न आग्रह गरिन् । कुहिने फोहोरलाई छुट्टै जम्मा गरी अर्गानिक मल उत्पादन गर्न उनले आग्रह गरिन् । डस्टबीन वितरण कार्यक्रमले वडालाई सफा र हराभरा राख्न सहयोग पुग्ने संयोजक राजभण्डारीको विश्वास छ।
हाल उपत्यकाको विभिन्न स्थानमा खानेपानीको समस्या भईरहेका बेला उपत्यकाको एक मात्र जिवन्त खोला गोदावरी खोलालाई स्वच्छ र सफा राख्न सके खानेपानीको समस्या समाधान हुने संयोजक राजभण्डारी बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस्: