इङ्ग्ल्यान्डलाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन
३ भाद्र २०८०
३ भाद्र, स्वच्छखबर, काठमाडौं । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ । आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले हराएको हो ।
स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो । इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए ।
शनिबार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्: