रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानूनी उपचार खोज्ने उपसभापति वाग्लेको चेतावनी

१८ माघ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएका छन ।

आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दे उपसभापति वाग्लेले सभापति लामिछानेमाथि सिङ्गो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लागाए । उनले संवैधानिक व्यवस्थाको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै रास्वपाले यसको कानूनी उपचार खोज्ने बताए ।

उपसभापति वाग्लेले अहिलेको सरकारले अध्यादेशबाट कानून ल्याउने, संवैधानिक परिषद्लाई खल्बल्याउने काम गरिरहेको बताए। उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेश गर्न आग्रहसमेत गरे ।