‘कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको सहकार्य पर्याप्त हुँदैन’: सभापति देउवा

१८ माघ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक र आर्थिक क्षेत्रको सुधारका लागि यो सरकार गठन गरिएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सातबुँदे सहमति भएर सरकार गठन भएकाले सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले संविधान कार्यान्वयन गर्ने कानुन निर्माणका लागि आवश्यक विधेयकहरु चाँडै संसदमा पेस गर्न आग्रह गरे । सभापति देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको दाबी गरे । देउवाले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर अघि बढ्नुपर्ने बताए ।