टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न सचिव अर्यालको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिएकी छन्।
सिनामङ्गलस्थित प्रसारण विभागमा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रममा उनले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो चाडो समस्या समाधान गर्न आग्रह गरेकी छन्।
सचिव अर्यालले समस्या समाधानका लागि विभागका महानिर्देशक र सहसचिवको समिति बनाउन निर्देशन दिइन्।
‘यस्ता विषयलाई सधैँभरि अनिर्णयको अवस्थामा राखिरहनुहुँदैन,’ उनको भनाइ थियो, ‘कुन तहको समिति बनाएर समाधान गर्न सकिन्छ, त्यसबारे सोचौँ। विभागका महानिर्देशक वा सहसचिव बसेर भए पनि यो विषयलाई टुङ्गोमा पुर्याउनुपर्छ।’
सचिव अर्यालले विभागलाई अनुगमनका कार्यक्रम थप प्रभावकारी बनाउन अनुरोध गर्दै विभागले तय गरेका वार्षिक कार्यक्रम तोकिएको समयमै पूरा गर्न, सम्बन्धित ऐन, निर्देशिका, कार्यविधि समसामयिक बनाउन सुझाव दिइन्।
प्रतिक्रिया दिनुहोस्: