केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्मअनुरुप काम गर्न नसकेको शेखर कोइरालाको आरोप

१४ पुष २०८१

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्मअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रदेश सरकारको कामबाट जनतामा वितृष्णा बढिरहेको जिम्मा केन्द्रका नेताले लिनुपर्ने बताएका हुन् ।

कोइरालाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेकोसमेत बताए । उनले राजनीतिक स्थायित्वका साथै देशमा सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएपनि त्यो स्पिरिट अनुरुप सरकार हिँड्न नसकेको बताए ।