कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारकाे तयारी

२२ फाल्गुन २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी गरेको छ । बर्खास्त गर्ने तयारीस्वरुप बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसअघि उर्जा मन्त्रालयले घिसिङलाई पटक पटक स्पटीकरण सोधेको छ ।

स्पष्टीकरणको जवाफ दिँदै घिसिङले आफूलाई मन्त्रिपरिषदले नियुक्त गरेकाले हटाउने अधिकार मन्त्रालयलाई नभएको दिएका थिए । त्यस्तै सरकारले घिसिङलाई हटाउनकै लागि कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको छ ।