‘अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छ,त्यसलाई निकाल्नुपर्यो,हाम्रा कुराहरू छँदैछन्’

२९ माघ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उपमहासचिव शर्माले शक्तिशाली आयोग गठन गरी भ्रष्टाचारको छानबिन गर्न माग गरेका हुन् ।

अहिले सदनमा एकले अर्कालाई दोषी करार गर्नुभन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानबिन गर्न माग गरे । उनले क्यान्टोनमेन्टको होस् वा अरु कुनै कुराको सबैको छानबिन गर्न आग्रह गरे ।

उनले सरकारले अध्यादेश ल्याएर जनतामा आतंक मच्याएको आरोप लगाए । उनले विपक्षी दलहरुसँग छलफल नगरी अध्यादेश ल्याएकाले यसको विरोध भएको बताए ।