रवि लामिछाने ५४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा
२४ माघ २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी बुझाएर रिहा भएका छन् ।
चितवन जिल्ला अदालतले सहकारी ठगी कसूरमा बिहीबार ५४ लाख रुपैयाँ धरौटी मागेको थियो । उनी बैंक ग्यारेन्टी बुझाएर बिहीबार साँझ रिहा भएका हुन् । साहारा चितवन सहकारीको ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो ।
यसअघि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले पनि उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए । चितवन अदालतले पनि रवि सहकारी ठगीको कसूरमा संलग्न नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेको आदेशमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: