पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै गरिएको बन्दका कारण पूर्वको जनजीवन प्रभावित

२० माघ २०८१

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाव कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ ।

बन्दले खारगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा निस्कीएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगायतका नारा लगाइरहेका छन् ।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन् ।