‘पार्टीको सङ्कुचित भावनाले माथि उठेर काम गर्न सकेका छैनौँ ‘:नेता सिटौला

१८ माघ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा कति काम गरेँ भन्ने कुरा प्रष्टसँग जनतालाई भन्नसक्ने हिसाबकिताब आफूसित हुनुपर्ने बताए ।

उनले सत्तामा रहँदा एउटा कुरा तथा प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त नभएको र आफ्नो कार्यकालमा देश र जनताको हितमा व्यापक काम गर्न सकियोस् भन्ने भावना राख्नुपर्ने बताए ।अझै पनि सबैको समग्र मानसिकता सङ्घीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको नेता सिटौलाको भनाइ थियो ।