अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने सरकारको निर्णय

१५ माघ २०८१

काठमाडौं । सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट जारी भएका अध्यादेश फास्टट्रयाकबाट पारित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए । उनले भने, ‘सरकारले सिफारिस गरेर राष्ट्रपतिबाट जारी भएको अध्यादेशहरू संसद् सचिवालयमा दर्ता गरिसकेका छौं। त्यो अध्यादेश फास्ट ट्रयाकबाट पारित गर्ने काम यो हिउँदे अधिवेशनमा हुन्छ ।’

उनले अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएकाले यसलाई बदनीयत नभन्न आग्रह गरे । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।