संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस
७ माघ २०८१

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले हिउँदे माघ १८ गतेका लागि हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरे विशेष अधिवेशन बोलाउन माग गर्ने बताइरहेका बेला सरकारले अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।
विपक्षी दलले सरकारले सदन नबोलाएर अध्यादेशबाट शासन गर्न लागेको भन्दै आलोचना गर्दै आएका छन् । यसअघि वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: