नेपाली समुदायको अधिकतम हित प्रवद्र्धनमा लाग्न मिसन प्रमुखलाई परराष्ट्रमन्त्रीको निर्देशन
३ माघ २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई राष्ट्रिय स्वार्थको रक्षा र सम्मान गर्दै नेपाली समुदायको अधिकतम हितमा लाग्न निर्देशन दिएकी छन् ।
बिहीबार नेपाली मिसनका प्रमुखहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले नेपाली समुदायको अधिकतम हित प्रवद्र्धनमा लाग्न निर्देशन दिएकी हुन् ।
उनले विदेशमा रहेको ठूलो नेपाली समुदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न, उनीहरुको हितको रक्षा गर्न, उनीहरुका खाँचो र आवश्यकताहरुमा ध्यान दिन तथा नेपाली डायस्पोराका समस्या अनि गुनासाहरुमा सहजै उपलब्ध भइदिन आग्रह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्: