प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत
१७ पुष २०८१
काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघ १४ गते देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको बुधबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका हुन् ।
बैठकले महान्यायाधिवक्ता कार्यलय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेको छ ।
बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चलन गर्न स्वीकृति दिएको छ।
प्रतिक्रिया दिनुहोस्: