वामदेव गौतम एकीकृत समाजवादीमा आउने निश्चित
१७ पुष २०८१

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा आउने भएका छन् ।
बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा दुई दलका नेताबीचको छलफल सकारात्मक भएको हो । छलफलपछि नेता गौतमले आफू र माधव नेपाल एकजुट हुने बताए । उनले भीम रावलकाबारेमा आफूलाई थाहा नभएको तर आफूहरुबीच एकता हुने बताए ।
उनले धेरै विषय टुंगिएको र अभियानको बैठक बसेर त्यसलाई अनुमोदन गर्ने बताए । एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले छलफल सकारात्मक भएको र छिट्टै निर्णय आउने बताए ।
एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा सबै नेता एकमत रहेको बताइएको छ । दुई पार्टी एकता गर्ने विषयमा पटक पटक छलफल भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: