‘आधुनिक नेपालको राजनीतिक जग बनाउने काम कांग्रेस नेतृत्वले नै बनेको छ’:सभापति देउवा
१६ पुष २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनीय बनाउने सबैको कर्तव्य भएको बताए । उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए ।
प्रतिक्रिया दिनुहोस्: