मानदेव ताजपुरियाको स्वरमा लभ स्टाेरी गीत ‘ओ मेरी जानु’

१० पुष २०८१

झापा । डा.धर्मेन्द्र कुमार शाहको नयाँ गीत ओ मेरी जानु सार्वजनिक हुने भएको छ ।

अर्जुनधारा र दुधे बजारमा छायांकन गरिएको लभ स्टाेरी गीत आगामी पुस १७ गते बुधबार सार्वजनिक हुँदैछ । मानदेव ताजपुरियाले स्वर/ संगीत भरेको गितको भिडियोमा सुबास मेचे र बिनिता अधिकारीकाे अभिनय देख्न सकिन्छ ।

अब्राहम स्टुडियो मलेसियामा रेकर्डिङ गरिएकाे गीतकाे मिक्सिङ्ग मास्टरिङ्ग भने ऐ लेबल स्टुडियो काठमाडौंमा गरिएको छ । कृष्ण तामाङले निर्देशन गरेकाे उक्त भिडियोकाे सम्पादन ललिल साउदले गरेका छन् भने ऐरेञ्जिङ्ग महेश बिक्रम पाण्डेकाे रहेकाे छ ।