सहकारीको विषयमा रास्वपालाई मात्र अनुसन्धान गरियो भन्ने गलत प्रचार भयाे: संञ्चारमन्त्री
१० पुष २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान गरियो भन्ने गलत प्रचार भएको बताएका छन् ।
बुधबार काठमाडौँमा तमू(गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले सहकारी ठगीमा जोसुकै संलग्न भएपनि कारबाही हुने बताएका हुन् ।
उनले अहिले सहकारी व्यवस्थापनको समस्या एकदमै धेरै देखिएकाले एकैपटक सबैलाई कारबाही गर्न समस्या रहेको बताए ।
उनले मूलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिवद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्: