श्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला पक्राउ
२६ मंसिर २०८१

काठमाडौं । स्रोत नखुलेको रकमसहित मोरङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको रंगेली नगरपालिका–८ दर्वेशाकी ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई ४७ लाख ४९ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
उनको घरमा स्रोत नखुलेको नगद लुकाएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: