नेपालको पुर्बी झापा जिल्लाको बिर्तामोडमा रहेका केही म्यानपावर कम्पनीको ठगि धन्दा र समस्या

२३ मंसिर २०८१

२३ मङ्सिर,काठमाडौं ,स्वच्छ खबर।नेपालको पूर्वी झापाको बिर्तामोडमा म्यानपावर कम्पनीको ठगि धन्दा देशको असमान्य बिकराल अवस्थामा नेपाली युवाको बिकल्प वैदेशिक रोजगार भएको आजको यो समयमा युवायुवतिहरु बिदेश पठाउन भनी हजारौं म्यानपावर कम्पनी खुलेका छन। बिगत लामो समय देखि म्यानपावर कम्पनीले मान्छे बिदेश पठाउने र लाखौं रकम असुल गरि ठगि गर्दै आएको कुरा सबबितितै थियो जुन कुरा असामान्य र गलत हो।

यहि विषय मध्यनजर गर्दै राज्यले बिना शुल्क बिदेश पठाउनु पर्ने कानुन बनाएर म्यानपावर कम्पनीलाई निर्देश गरेको थियो। जुन कुरा मानपावर कम्पनी ले स्विकार्दै काम गर्ने भनी मानिसहरु बिदेश पठाउदै आएका छन। तर नेपालको पूर्वी झापा जिल्लाको बिर्तामोडमा रहेका केहि म्यानपावरहरुले बिगत झै बिदेशजाने युवायुवतीहरुलाइ बिदेश पठाउने भनी लाखौं रकम उठाउने ठगि गर्ने बिदेश पनि नपठाउने बिदेश गएकाले पनि भनेको काम नपाउने जस्ता समस्या  मौलाएको गुनासो आए पछि हाम्रो स्वच्छ खबर डटकम को टिम रिपोर्टिङमा गएको थियो त्यस क्रम मा त्यहाको अवस्था निकै असामान्य रहेको पाएका छौ। साथै वैदेशिक रोजगार बिभागका अनुगमनमा आएका कर्मचारी सगैँ मिलेमतो गर्दै आएको कुरा पनि पाएका छौ। जुन कुरा यस्तो गरिब देशमा एक्दम दुःखद र खेदजनक छ। जुन बिभागले म्यानपावर कम्पनी लाई नियन्त्रण गर्ने हो तेइ बिभागका कर्मचारीले म्यानपावरलाई प्रसय दिएको कुरा पक्कै सैय नहुने हुदा यो बिषयमा सम्बन्दीत निकायको ध्यानाकर्षण गर्न पनि चाहान्छौ। यहि बिषयमा कुरा गर्न हाम्रो टिमले वैदेशिक रोजगार ब्यवसायिक संघ झापाका अध्यक्ष धन बहादुर पन्धाक सग उहा कै कार्यकक्षमा गएर कुरा गर्दा उहाले यस्तो समस्या बिगतमा भएको तर हाल यस्तो समस्या नभएको र अब यस्तो समस्या नहुने प्रतिबद्धता जनाउनु भएको छ। पन्धाकका अनुसार ब्यावसायिक नै मारमा परेको कुरा जानकारी दिनु भयो ।