मध्यपूर्वको युद्ध अन्त्यका लागि काम गर्न ट्रम्पलाई इराकी प्रधानमन्त्री सुदानीको आग्रह

२४ कार्तिक २०८१

४ कार्तिक , स्वच्छखबर, इराक । इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा युद्ध अन्त्यका लागि काम गर्ने आग्रह गरेका छन् ।

गाजा र लेबनानमा इजरायलको युद्धको बीचमा, सुदानीलाई इरान समर्थित राजनीतिक गुटहरूको बहुमतले प्रधानमन्त्री नियुक्त गरेको थियो ।

फोन वार्तामा इराकी प्रधानमन्त्री –सुदानीले ट्रम्पको अभियानको बयान गर्दै मध्यपूर्वमा युद्ध अन्त्य गर्ने बारे छलफल भएको प्रधानमन्त्री सुदानीको कार्यालयबाट शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार दुवै पक्ष उक्त लक्ष्य हासिल गर्नका लागि समन्वय गर्न सहमत भएका छन् ।

इस्लामिक स्टेट समूहसँग लड्न सहयोग गर्न गठन गरिएको अमेरिकी नेतृत्वको गठबन्धनको हिस्साका रूपमा इराकमा करिब दुई हजार ५०० अमेरिकी सेना तैनाथ गरेको गरेको जनाइएको छ ।