रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति
२० कार्तिक २०८१
२० कार्तिक , स्वच्छखबर,पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । मंगलबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो । लामछिानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो ।
उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । त्यसपछि दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
Post Views: 24
प्रतिक्रिया दिनुहोस्: