नेपाल प्रिमियर लिगमा सर्वोत्कृष्ट हुने नेपाली खेलाडीले कार पाउने
११ मंसिर २०८१

काठमाडाैं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वोत्कृष्ट हुने नेपाली खेलाडीले कार पाउने भएका छन् । एनपिएलको सर्वोत्कृष्ट नेपाली खेलाडीले शारडा ग्रुपको तर्फबाट कार पाउने नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले जानकारी दिएका हुन् ।
प्रायोजनको लागि क्यान र ओमोडा एन्ड जेइकोबीच आज आज एक कार्यक्रमका बीच सम्झौता भएको हो । कार्यक्रममा क्यानक सचिव खड्कासहित एनपीएलका अन्य सदस्यहरु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा लगायत अन्यको उपस्थिति रहेको थियो ।
एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्: