युईएफए नेसन्स लिगमा फ्रान्स विजयी,इटाली ३/१ गोल अन्तरले पराजित
३ मंसिर, स्वच्छखबर, काठमाडौँ ।युईएफए नेसन्स लिगमा फ्रान्स विजयी भएको छ । आइतबार राति भएको खेलमा फ्रान्सले इटालीलाई ३-१ गोलले हराएको हो ।
स्टाडियो गिउसेप्पे मेज्जामा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एड्रिन राबियोटले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । इटालीको कागी एन्द्रिया काम्बिअसोले एक गोल गरे । खेलको दोस्रो मिनेटमा राबियोटले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा गुग्लिएल्मो भिकारियोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि फ्रान्सले खेलमा अग्रता दोब्बर बनाएको थियो ।
३५ औं मिनेटमा काम्बिअसोले गोल गर्दै इटालीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ६५ औं मिनेटमा राबियोटले व्यक्तिगत गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स ३-१ गोलले विजयी भएको हो ।
जितसँगै फ्रान्स ६ खेलबाट १३ अंक जोड्दै समूह ‘दुई’को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १३ अंकनै जोडेको इटाली गोअन्तरको आधारमा दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्: