सन्दीपले अमेरिकाको भिसा पाए, शुक्रबार बेलुका अमेरिका प्रस्थान गर्ने
२ कार्तिक २०८१

२ कार्तिक, स्वच्छखबर,काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिसा पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आइसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्न जान सन्दीपले भिसा प्राप्त गरेको जानकारी दिएको छ ।
अमेरिकी दूतावासबाट भिसा पाएसँगै सन्दीप शुक्रबार बेलुका अमेरिका प्रस्थान गर्ने भएका छन्।
प्रतिक्रिया दिनुहोस्: