सञ्चारमाध्यमले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

१ कार्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एउटै डिजिटल ‘पे–वाल’ मार्फत अन्तर्राष्ट्रिय ख्याति प्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबीचको सहकार्यबारे अवगत गराइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीलाई न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीलगायतले भेटेर नेपालको डिजिटल मिडिया क्षेत्रमा गरिएको पहिलो प्रयासबारे जानकारी गराएका हुन् । उक्त सहकार्यको बुुधबारदेखि औपचारिक थालनी भएको थियो ।

सो अवसरमा जलवायुु परिर्वतन, शैक्षिक सुधार र आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिकाबारे छलफलसमेत भएको थियो । प्रधानमन्त्री ओलीले गत महिना भएको संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका मञ्चमा आफूूले गरेका सम्बोधनमा नेपालले कार्बन उत्सर्जनमा योगदान नगरे पनि जलवायुु परिवर्तनको असर खेपिरहेकाले जलवायु न्यायका लागि क्षतिपूर्ति पाउनुपर्ने र नेपालका हिमालको सुरक्षामा ध्यान दिन नसकिए समुद्रको तापक्रम वृद्धि हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराए ।