सुनको भाउ प्रतितोला एक लाख ६१ हजार नाघ्यो

११ आश्विन २०८१

केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो । पछिल्ला केही दिन यता सुनको भाउ निरन्तर बढीरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।