एनपीएलको आठ मार्की खेलाडीको टोली सार्वजनिक, प्रत्येक खेलाडीले न्युनतम २० लाख पाउने
२९ भाद्र २०८१

काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल)को आठ मार्की खेलाडीको टोली सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार एक कार्यक्रमको आयोजना गर्दै लक्की ड्र मार्फत मार्की खेलाडीको टोली छुट्टाएको हो ।
यससँगै काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।
यस्तै मार्की खेलाडीले न्युनतम २० लाख रुपैयाँ पाउने भएका छन् । अन्य खेलाडी छनोट अक्सनबाट हुने क्यानले जनाएको छ । एनपीएलका हरेक टोलीले १६ जना खेलाडी राख्न पाउनेछन् । त्यसमा ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्: