कार्यगत एकता सहितको नैतिक सर्मथन : नेपाल समाबेशी पार्टी ।

२९ भाद्र २०८१

२९,स्वच्छखबर,काठमाडौं । नेपाल समावेशी पार्टी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति, देश र नागरिक बचाउ महाअभियानका संयोजक श्री दुर्गा प्रसाईज्यूसँग मिति २०८१/५/२७ गते भएको वार्तामा यस नेपाल समावेशी पार्टीका अध्यक्ष मोतीलाल भारती सहितको भेलाले कार्यगत एकता सहितको नैतिक सर्मथन गर्ने भनि निर्णय गरेको हुँदा नेपाल समावेशी पार्टीको समिति बैठकबाट पारित गरि भविष्यमा हुने सबै कार्यक्रममा सहभागिता जनाउने सर्मथन गरायको छ । । पछि हुने सम्पूर्ण योजना तथा नीति सहितमा आपसी सल्लाह समझदारी सहित अगाडी वढ्ने सहमतिबाट यस अभियानलाई सार्थक सफलतामा पुऱ्याउने दृढ विश्वास पनि दिन चाहन्छौ  भन्ने जानकारी प्राप्त भएको छ।