साफ यु-२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन

१ भाद्र २०८१

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको लिग चरणको खेल तालिकामा परिवर्तन भएको छ । यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएको खेल मैदानमा अवस्था खेल्न योग्य नभएपछि लिग चरणको सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको छ ।

एन्फा कम्प्लेक्समा हुने सबै खेल दिउँसो ३ बजेबाट शुरु हुने एन्फाले जानकारी दिएको छ । प्रतियोगितामा नेपाल सहित ६ देशले सहभागिता जनाउँदैछन् । समूह ‘ए’मा आयोजक नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

आइतबारबाट शुरु हुने प्रतियोगिताको उद्धाटन खेलमा श्रीलंका र नेपाल भिड्नेछन् ।