गिरिबन्धु, यति, ओम्नी, नक्कली भुटानी शरणार्थी काण्डविरुद्ध संघर्ष गर्दागर्दै सरकारबाट बाहिरिनुपर्योः अध्यक्ष प्रचण्ड

९ श्रावण २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु, यति, ओम्नी, नक्कली भुटानी शरणार्थी काण्डविरुद्ध संघर्ष गर्दागर्दै सरकारबाट निस्कनुपरेको बताएका छन् ।

बुधबार नरबहादुर कर्माचार्यको स्मृति दिवसमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा लिप्त हुनेहरुको लागि यस्ता काण्डको अनुसन्धान अघि बढाउँदा सह्य नभएको बताएका हुन् । उनले माओवादी सरकारबाट बेदाग बाहिर निस्किएको बताए ।

उनले भने, ‘कतैबाट पनि दाग लागेको छैन । हामी सरकारबाट बेदाग निस्किएका छौँ । न ओम्नी न त गिरिबन्धुको कुनै दाग लागेको छैन ।’

उनले अहिलेको सरकारले प्रतिगामी कदम चाल्नेसक्ने भन्दै त्यसको सदन र सडकबाट प्रतिवाद गर्ने बताए । राजनीतिक रुपले हाम्रो लागि राम्रो आधार भन्दै उनले त्यसलाई पार्टीले संगठनमा बदल्ने बताए ।