गोदावरीका १६ वर्षीय किशोरमा हैजा पुष्टि

९ श्रावण २०८१

काठमाडौँ । काठमाडौं उपत्यकामा हैजा देखापरेको छ । ललितपुरका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिए ।

उनकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवको ठैवस्थित एक पुनर्स्थापना केन्द्र बस्ने उनमा हैजा पुष्टि भएको हो । त्यस्तै, सोही ठाउँबाट आएका एक जना झाडापखालाका बिरामीको रिपोर्ट आउन बाँकी छ ।

उनी आइसियुमा उपचाररत छन् । पछिल्लो समय अस्पतालमा झाडा पखाला भएर दैनिक करिब १० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने डा. बसौलाले बताए ।