उत्तर इराक र सिरियामा सैन्य कारबाही अन्त्य भएको टर्कीका राष्ट्रपति एर्दोगानको घोषणा

३० असार २०८१

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उत्तरी इराक र सिरियामा कुर्दिशस्थान वर्कर्स पार्टी (पीकेके) लडाकुविरुद्ध टर्कीको सेनाको कारबाही अन्त्य भएको घोषणा गरेका छन् ।

टर्कीले सन् २०२२ को अप्रिलमा उत्तरी इराकसँगको आफ्नो सीमा सुरक्षित गर्न पीकेके) लडाकुविरुद्धको लडाई (अपरेसन क्लाउ–लक) सुरु गरेको थियो ।

‘हामी चाँडै नै उत्तरी इराकको कारबाहीलाई रोक्नेछौँ’, राष्ट्रपति एदोगानले भने, ‘कुर्दिश सेना अब हाम्रो सीमाभित्र लड्न असमर्थ भइसकेका छन् ।’

पीकेके इराक र सिरिया दुवैमा ‘पूर्ण रूपमा फसेको’ भन्दै युवा सैन्य स्नातकहरूलाई सम्बोधन गर्दै टर्कीएको सेनाले ‘उनीहरूमाथि’ विजय गरेको बताएका थिए ।

‘हामी सिरियासँग जोडिएको हाम्रो दक्षिणी सीमामा रहेका सुरक्षा क्षेत्रका हराएका स्थलहरूको खोज पूरा गर्नेछौँ ।’

अङ्काराले सन् २०१६ देखि उत्तरी सिरियाको सीमा क्षेत्रबाट कुर्दिश सेनालाई देश निकाला गर्न लगातार स्थलगत अभियान सञ्चालन गर्दै आएको छ ।