लखनऊ–आग्रा एक्सप्रेसवेमा बस र ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

२६ असार २०८१

काठमाडौं । लखनऊ–आग्रा एक्सप्रेसवेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान लखनउ–आग्रा एक्सप्रेसवेमा बस र ट्याङ्कर ठोक्किँदा दुई महिला र एक बालकसहित १८ जनाको मृत्यु भएको थियो हो । दुर्घटनामा २० जना गम्भीर घाइते भएका छन् ।

प्रहरीकाअनुसार लखनऊ–आग्रा एक्सप्रेसवेमा बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको बस बेहता मुजावर थाना क्षेत्रको एयरस्ट्रिपमा ट्याङ्करसँग ठोक्किएको थियो ।

एक्सप्रेसवेमा बायाँ तर्फबाट आएको दुधको ट्याङ्करलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । बसमा बालबालिकासहित करिब एक सय यात्रु सवार थिए ।