अभ्यास खेलमा नेपाल श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित

२५ असार २०८१

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली श्रीलंका डेभलपमेन्ट टोलीसँग पराजित भएको छ ।

पहिलो अभ्यास खेलमा नेपाली टोली ३३ रनले पराजित भएको हो । श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले बर्षाका कारण छोट्याईएको १५ ओभरमा ९ विकेट गुमाएर मात्र ६३ रन बनायो । नेपालका लागि रुबिना क्षेत्रीले १७ बलमा १७ तथा सिता राना मगरले २८ बलमा ११ रन बनाइन् ।

श्रीलंकाका लागि दिवामी भिहागांले तीन तथा एम सिहानीले दुई विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

श्रीलंकाका लागि आई दुलानीले ४१ बलमा १७ तथा के नुथानगंगाले ४१ बलमा २७ रन बनाइन् । नेपालका लागि सवनम राईले तीन तथा राजमती ऐरीले एक विकेट लिइन् । दोस्रो अभ्यास खेल बुधबार हुनेछ ।