नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा

२३ असार २०८१

नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्स अन्तिम चारमा पुगेको हो ।

सामेत अकादिनले ३५ मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएपनि नेदरल्याण्ड्सका स्टेफन दि भ्रिजले ७० मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । तर ७६ औँ मिनेटमा टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्स विजयी हुँदै सेमिफाइनलमा पुगको हो ।

अर्को खेलमा इङ्ग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्वीटजरल्याण्डलाई ५–३ ले हरायो । नियमित समयको ७५ मिनेटमा स्वीटजरल्याण्डका एम्बोलोले गोल गरेर अग्रता दिलाएप नि त्यसको पाँच मिनेटमै इङ्ग्ल्याण्डका साकाले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए । त्यसपछि थपिएको ३० मिनेटमा पनि खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

अब पहिलो सेमिफाइनलमा आउँदो बुधवार राति फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा बिहिवार राति इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरो कप फुटबलको फाइनल खेल जुलाई १५ तारिखमा हुनेछ ।