लेबनान–इजरायल सीमामा तनाव बढ्ने राष्ट्रसङ्घको चेतावनी

२२ असार २०८१

संयुक्त राष्ट्रसङ्घले ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त गरेको छ ।

लेबनानी र इजरायली सेनाबीच गोलीबारीको आदानप्रदान बढेपछि बढ्दो तनावलाई विश्व निकायले प्रकाश पारेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ताको कार्यालयको टिप्पणी अनुसार शत्रुताले पूर्ण–स्तरको युद्धको जोखिम बढाउँछ ।

नोटले संयमको आवश्यकतालाई जोड दिँदै युद्ध वृद्धि हुन सक्ने र यसलाई बेवास्ता गर्नपर्ने जनाएको छ ।

द्धन्द्धको खतरा दोहोर्याउदै गलत गणनाको खतराले अचानक र व्यापक द्वन्द्व निम्त्याउने र राजनीतिक तथा कूटनीतिक समाधान नै अगाडि बढ्ने एक मात्र व्यावहारिक मार्ग हो भन्ने कुरामा जोड दिएको छ।

सोही दिन लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्टले संसदका अध्यक्ष नबीह बेरी र प्रधानमन्त्री नजिब मिकाती लगायत प्रमुख लेबनानी अधिकारीहरूसँग ब्लू लाइनमा डि–एस्केलेसनको आवश्यकताबारे छलफल गर्न संलग्न भए ।

संयुक्त राष्ट्रको नोटले लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बलबाट शत्रुताको तत्काल अन्त्यका लागि आह्वान र सुरक्षा परिषद्को प्रस्ताव–१७०१ का लागि प्रतिबद्धता नवीकरण गरेको पनि दोहोर्याको छ।

जुन इजरायल र हजबुल्लाह बिचको एक महिनाको घातक युद्धको केही समयपछि शत्रुताको पूर्ण अन्त्यका लागि अगस्ट २००६ मा स्वीकृत गरिएको थियो ।