सुनकाे भाउ तोलाको १६ सय रुपैयाँले बढ्यो

२० असार २०८१

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा बिहीबारका लागि भने एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ रुपैयाँ निर्धारण भएको छ ।