एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामा
१९ असार २०८१

काठमाडौं । नेकपा एमालेकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका छन् ।
बुधबार साँझ प्रधानमन्त्री निवास पुगेर मन्त्रीहरुले प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाएका हुन् । कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि एमालेका मन्त्रीहरुले राजीनामा गरेका हुन् ।
एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन बुधबारसम्मको समय दिएको थियो । प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्: