मेघराज चौहानको सुमधुर आवाज र तोरेम्पा हाङको संगीत रहेको नयाँ गीत ‘जाँदैछु प्रिय’ सार्वजनिक

७ असार २०८१

काठमाडौं । डा. धर्मेन्द्र कुमार शाहको शब्द रचनामा गायक मेघराज चौहानको सुमधुर आवाज रहेको नयाँ गीत ‘जाँदैछु प्रिय’ सार्वजनिक भएको छ ।

तोरेम्पा हाङले संगीत संयोजन गरेको गीतमा एरेञ्ज सागर संसार राई, निर्देशन पुजा ठकुरी, छायांकन सुनिल भण्डारी ,सम्पादन तथा कलर विनोद बम र पोष्ट प्रडक्सन साङ्ग्रिला क्रियसनले गरेको छ।

स्टुडियो माहोलमा रेकर्डिङ गरिएको गीत डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नेपालको पछिल्ला वर्षको समाजको यथार्थ अवस्थाको चित्रण भरिएको उक्त गीतले दर्शकका लागि निकै नै लोकप्रिय हुने देखिन्छ । गित साह्रै राम्रो भएकाले प्रत्येक नेपालीहरुको मन छुने शब्द,लय आवाज रहेकोले समय सन्दर्भिक भएको अनुमान गर्न सकिन्छ ।